काठमाण्डौ भाद्र २५ – हजारौंको शंख्यामा सदस्यता रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको बिषयमा कलाकारहरुकै तर्फबाट बिभिन्न गुनासोहरु आइरहेका छन् । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धि र यस क्षेत्रमा आवद्ध कलाकारहरुको हकहितका निमित्त क्रियासिल यस संस्थामा मध्यपश्चिमका कलाकारको मात्र बाहुल्यता रह्यो, अन्य क्षेत्रका कलाकारहरु त कलाकार नै होइनन्, नेतृत्व तहले सिङ्गो देशका मौलिकता र संस्कृति प्रेमी कलाकारहरुलाई सम्बोधन गर्ने सकेन, भेग र क्षेत्रगत हिसाबले धेरै प्रतिभावान कलाकारहरुलाई ब्यवास्ता गरियो, भन्ने किसिमका आरोपहरु बढी सुनिन्छ ।
केहि दिन अगाडी उच्च रक्तचापका कारण आज पनि अस्पतालको सैयामा उपचार गराईरहेका बरिष्ठ गायक रेशम थापाले पनि एक अन्तर्वार्ता मार्फत पश्चिमीहरुले हेपे, जिबन र मरणको दोसाँधमा रहँदा भेटेर सान्त्वना दिन समेत धेरैले उत्सुकता देखाएनन् भन्ने किसिमको अबिब्यक्तिले पनि अझै प्रतिष्ठान प्रति केहि सिमित जिल्ला र क्षेत्रका कलाकार बाहेक अन्यबाट संस्थालाई हेर्ने आकर्षण घटेको हो कि भन्ने अड्कल काट्न सकिन्छ । त्यसो त बम बहादुर कार्की, बिष्णु खत्री लगायत अन्य बरिष्ठ कलाकारहरु द्वारा प्रतिष्ठानले गरेको क्रियाकलापमा असन्तुष्टि जनाउँदै अर्को संस्थालाई अपौचारिकता दिन तयारी गरिरहेका छन् ।
यसै सन्दर्भमा काँठ क्षेत्रका लोकप्रिय गायक सरोज लामिछानेले आज मात्रै आफ्नो फेसबुक स्टाटसमा लेख्दै प्रतिष्ठानको लागी मध्यपश्चिमका बाहेक सधैँ अरु क्षेत्रका कलाकारहरु नगन्य अर्थात् असक्षम कलाकार हरुको लिस्टमा पर्ने रहेछन् भन्दै गुनासो पोखेका छन् । उनले यो आक्रोश आठौँ संस्करण सम्म आइपुग्दा पनि राष्ट्रिय लोक दोहोरी अवार्डमा भेग भन्दा बाहिरका कलाकारहरुको सिर्जना नअट्नुमा केन्द्रित छ । सरोजले यस कार्यक्रमको निर्णायक जर्जहरु चाहिँ को – को हुनुहुन्छ होला ? जसले मध्यपश्चिमाञ्चलका बाहेक अरु क्षेत्रको पाटो त एक आँखाले पनि हेरेन , हेर्न चाहेन, जानेन या मानेन, त्यसैले मलाई उहाँहरू चिन्न मन लाग्यो,र केही कुरा सोध्न मन लाग्यो ,अब यसको चित्तबुझ्दो जवाफ कस्ले दिन्छ होला ? यी शब्द समेत उल्लेख गरेका छन् । उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय बानेश्वर कोटेश्वर समितिको सचिव समेत हुन् ।
उनको स्टाटस
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com