नेपाल म्युजिक भिडियो निर्देशक समाज द्वारा आयोजित कार्यक्रममा शशी शेखर सम्मानित’

काठमाण्डौ भाद्र ११ – स्थायी घर काभ्रे बनेपा नगरपालिका भएका कलाकार शशि शेखर बुढाथोकी हालै सम्पन्न नेपाल म्युजिक भिडियो निर्देशक समाज द्वारा आयोजित बार्षिक उत्सव तथा श्रष्ठा सम्मान कार्यक्रम २०८० बाट सम्मानित भएका छन् । उनि बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा पनि क्रियासिल छन् । शशी द्वारा स्वर बद्ध धेरै गीत संगीतहरु अहिले पनि बजारमा चर्चामा रहेको छ ।

२०७१ सालमा पहिलो गीत रेकर्ड गरेर कलाकरिता क्षेत्रमा प्रवेश गरेका शाहीले  हाल सम्म झिल्के , माया तिम्रो त्यो, हातैमा घडी जस्ता आधा दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेका छन् । उनले ५ औं सुन्दरा देवी म्युजिक अवार्ड तथा चौथौ ज्योति फिल्मस् म्युजिक अवार्ड समेत प्राप्त गर्न सफल भैसकेका छन् । शशीले उपद्रो , आफ्नै देशमा सुन फल्छ जस्ता थुप्रै सर्ट मुभी , वेब सिरिज तथा हास्य टेलिश्रङ्खलामा पनि अभिनय गरेका छन् ।