दिनेश श्रेष्ठको लय शब्द तथा स्वर रहेको गीत “लाइदिम मयाँ” युट्युबको ट्रेन्डिङ्ग नम्बर २९ मा

काठमाण्डौ जेष्ठ २७ – लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको लय तथा शब्दमा तयार भएको गीत “लाइदिम मयाँ” अहिले युट्युबको ट्रेन्डिङ्ग नम्बर २९ मा आएको छ । यस भन्दा पहिलेको “ओल्ले ओल्ले” बोलको गीतलाई मिडीया प्रोमोसनमा कुनै कन्चुसाई नगरेता पनि “लाइदिम मयाँ” लाई सिमित मिडिया बजाउँदा युट्युबको ट्रेन्डिङ्गमा पाउँदा दिनेश मख्ख छन् । उनि भन्छन् यस गीतको सफलताले अझै आगामी दिनमा थप शसक्तताका साथ् अगाडी बढ्ने प्रेरणा मिलेको छ ।

साथै “लाइदिम माया” बोलको गीतको प्रस्तुतकार्ता संगीता श्रेष्ठ लगायत यस गीत संग जोडिनु हुने सम्पूर्ण कलाकारहरुलाई दिनेश आभार प्रकट गर्दछन् । आफ्नो च्यानल युट्युबको ट्रेन्डिङ्गमा समाबेश हुन लायक भएकोमा अझै उनि खुसि ब्यक्त गर्दछन् । अहिले दिनेशले आफु संलग्न भएको गीत युट्युबको ट्रेन्डिङ्ग नम्बर २९ मा परेको स्क्रिन सर्ट आफ्नो फेसबुकमा राखेर खुसि मनाइरहेका छन् ।

लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित हुन कयौं संघर्ष गरेका नुवाकोटे युवा दिनेश श्रेष्ठ हाल भने आफ्नो पृथक पहिचान बनाउन सफल भैसकेका छन् । उनले बिगतमा खालि खुट्टा हिंडेर मौलिकताको जगेनार्थ धेरै त्याग गरेका छन् । उनै दिनेशको लय शब्दमा भर्खरै मात्र एक गीत सार्बजनिक भएको हो । उक्त गीत संगीता श्रेष्ठको “लाइदिम मयाँ” बोलको रहेको छ ।

संगीता यस भन्दा अगी पनि थुप्रै टेलीश्रिंगखला तथा गीत संगीतको म्युजिक भिडियोमा काम गरिसकेकी सफल कलाकार हुन् । यसअर्थ पनि उनि यस क्षेत्रका लागि सम्भावित कलाकार हुन् । प्रस्तुत गीतमा दिनेश श्रेष्ठ र नेपाली गीत संगीत मनपराउनु हरुका लागि सर्वप्रिय गायिका गीता देबीको सुमधुर स्वर सुन्न सकिन्छ । निकै रोमान्चक स्वाद बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा प्रस्तुतकर्ता स्वयम् संगीता श्रेष्ठ, प्रभात रुम्बा तामाङ्ग र सन्च्कुमारी तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

“लाइदिम मयाँ” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन संगीता श्रेष्ठ र गणेश राईले गरेका हुन् भने छायांकन अलेक्स पुडासैनीका साथै सम्पादन गणेश राईले गरेका छन् । हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई छोटो समयमा नै अशंख्य दर्सकहरुले सकारात्मक प्रतिक्रिया जनाएर साफल्ताको उकालो लाग्न मद्दत पुर्याएका छन् । गीत हेर्न र सुन्न छुटाउनुहुने सबैले हेरेर मन परेको खण्डमा शेयर गरेर साथ् दिनुहुन सम्पूर्ण कलाकार युनिट अनुरोध गर्दछ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।