संगीतकार गुरुङलाई “सर्वोत्कृष्ट संगीतकार” नेश्नल आर्टिष्ट अर्वाड २०७९ बाट सम्मानित।

रुपन्देहीको देवदह- खैरेनी का संगीतकार निर प्रसाद गुरुङको शब्द र संगीतबद्द गित “यो जुनिमा बाचुन्जेल सम्म”ले “राष्ट्रिय कलाकार पुरस्कार २०७९´´ सालको संगीतकार विधामा “सर्वोत्कृष्ट संगीतकार अवार्ड २०७९” हात पार्न सफल भएका छन्।
मिती २०७९ श्रावन २४ गते शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, साहित्य सरोवर मिडिया प्रा.लि. को आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको थियो।
नेपाली सांगितिक इतिहासमा नै पहिलो पटक “जुनी” एल्बम मार्फत “गित एक, संगीत अनेक” बजारमा ल्याएका थिए।
यस एल्बमको विशेस्ता जसमा ४ वटा गितहरु छन् । चारवटा गितको शब्द एउटै छ भने संगीत र ताल अलग- अलग धारमा सुन्न पाइन्छ। यो जुनीमा बाचुन्जेल सम्म “जुनी” एल्बमको भाग- २ गित हो। जसमा बहु-चर्चित गायीका मिलन नेवारले कर्ण प्रीय स्वर दिएका छिन्। संगीत संयोजन बि. बी. अनुरागीले गरेको छन्।
यस गितको म्युजिक भिडियोमा नायक गमन घले र नायिका रन्जिता गुरुङले अब्बल रोल निभाएका छन्। गीतको छायांकन भेष बहादुर गुरुङ, सम्पादन राजन पुवारको छ भने भिडियो निर्देशन प्रीतम गुरुङले गरेका छन्।